२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २१ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २१ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

१२ भाद्र/काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं  महानगरपालिका वडा नं. २१ नगर समितिद्वारा स्थानीय २१ वडा स्थित लगन टाेलमा एक रक्तदान कार्यक्रमकाे अायाेजना गरियाे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २१ नगर समितिका अध्यक्ष  सुमितदास रञ्जितकारकाे सभापतित्वमा अायाेजित उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं १६७ अाैं पटक सर्वाधिक रक्तदान गर्न सफल स्वयंसेवी शतक रक्तदाता  प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थिति हुनुका साथै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडान  नं. २० नगर समितिका अध्यक्ष राम रञ्जित र काठमाडौं विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरूकाे समेत उल्लेख्य सहभागीता रहेकाे थियो ।
काठमाडौं महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष उदय चूडामणि बज्राचार्यकाे बिशेष उपस्थितिमा
माैसमकाे प्रतिकुलता र सर्वत्र काेराेना भ्याक्सिन चलिरहेकाे अवस्थाका बावजुत पनि ११ जना स्वयंसेवी रक्तदाताहरूबाट रक्तदान गराउन सफल भएको थियो । कार्यक्रममा प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय  अध्यक्ष एवं स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसाा-वितरण गर्नुभएको भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु