२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ न्यू एक्टिभिटिज क्लबद्वारा रक्तदान सम्पन्न, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा सतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६७औँ पटक रक्तदान

न्यू एक्टिभिटिज क्लबद्वारा रक्तदान सम्पन्न, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा सतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६७औँ पटक रक्तदान

०५ भाद्र/काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा,धुनिबेसी – ४ , धादिङ्गमा बिशेष रक्तदान एवं अभिनन्दन कार्यक्रमकाे अायाेजना गरियाे । क्लबका संस्थपक एवं सल्लाहकार राजाराम पाण्डेकाे प्रमुख अातिथ्यतामा अायाेजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय  अध्यक्ष एवं स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्य र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस साेसाइटीका निर्देशक डा.मनिता राजकर्णिकार बिशेष अतिथि रहनु भएकाे थियो ।
क्लबका अध्यक्ष राजेन्द्र लामा(राजिब)काे सभापतित्वमा सञ्चालित साे रक्तदान कार्यक्रममा  नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित लगायत अतिथि हुनुहुनथ्याे ।
उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई क्लबकाे तर्फबाट सार्वजनिक अभिनन्दन गरिएकाे थियो ।  १६७अाैं पटककाे रक्तदान गर्दै स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कार्यक्रमकाे शुभारम्भ गर्नुभएकाे साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३५  जनाले रक्तदान गर्नुभएको थियो ।  कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई अाज अभिनन्दन गरिएका स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस साेसाइटीका निर्देशक डा.मनिता राजकर्णिकारले प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु