२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको व्यवस्थापनमा रक्तदान सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको व्यवस्थापनमा रक्तदान सम्पन्न

०४ भाद्र/काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टाेलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको संयाेजन एवं व्यवस्थापनमा काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा एक बिशेष  रक्तदान कार्यक्रमकाे अायाेजना गरियाे ।
उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य,स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस साेसाइटीका निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्तका प्रमुख डि.एस.पी. डिलबहादुर मल्लले समेत स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण गर्नु भएको थियो ।
साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गर्नुभएको साे रक्तदान कार्यक्रमकाे संयाेजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गर्नुभएकाे थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकारले सभापतित्वकाे भूमिका निभाउनु भएकाे थियोे । साथै कार्यक्रमकाे संयाेजकमा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्रा युनिशा महर्जन रहनुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु