२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सत: मरू टाेलद्वरा रक्तदान कार्यक्रम सम्पन्न/५५ जनाले गरे रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सत: मरू टाेलद्वरा रक्तदान कार्यक्रम सम्पन्न/५५ जनाले गरे रक्तदान

१६ श्रावण/काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सत: मरू टाेलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा २३ वडा नगर समितिकाे बिशेष सहयोग र संयाेजनमा स्थानीय युवा स्पाेर्टस् क्लबद्वारा “नियमित रक्तदान स्वस्थ हुनुकाे परिणाम” मूल नाराका साथ ५५अाैं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसकाे उपलक्ष्यमा बिशेष रक्तदान कार्यक्रम स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा मनाएका छन् ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन गरिएको बिशेष रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका अध्यक्ष श्याम मुनिकारकाे सभापतित्वमा सम्पन्न भएको थियो । साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५६ जनाले रक्तदान गर्नुभएको थियो । स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।
त्यसैगरी यूवा स्पाेर्टस् क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्यकाे सभापतित्वमा मरू सत:मा अायाेजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार,का.म.न.पा. २० का अध्यक्ष मचाराजा महर्जन,महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज २३ वडा नगर समितिका अध्यक्ष राम रञ्जितकाे बिश्ष उपस्थिति रहेकाे साे बिशेष रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र बिशेष अतिथि नेपाल रेडक्रस साेसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकारले संयुक्तरूपमा प्रशंसा-पत्र बितरण गर्नुभएको थियो । साे कार्यक्रममा ५५अाैं राष्ट्रिय रक्त सञ्चारर सेवा दिवसलाई सम्मान स्वरूप ५५ जना स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु