२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाद्वारा ५५ औँ राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाद्वारा ५५ औँ राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न

१२ श्रावण / “नियमित रक्तदान स्वस्थ हुनुकाे परिणाम” मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यता र नेपाल रेडक्रस साेसाइटी स्वास्थ्य सेवा बिभगकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अातिथ्यतामा बिभिन्न ठाउँमा रक्तदान कार्यक्रमहरूकाे आयोजना गरि ५५अाैं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष राेशन तुकँबञ्जा:काे सभापतित्वमा आयाेजित उक्त कार्यक्रमकाे संयाेजन निवर्तमान अध्यक्ष  मुक्तिसुन्दर जधारीले गर्नुभएकाे थियो । साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यका साथै बिशेष अतिथि नेपाल रेडक्रस साेसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकारले सहभागी रक्तदाताहरूलाई प्रमाण-पत्र प्रदान गर्नुभएको थियोे ।
त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नविन महर्जनको सभापतित्वमा आयाेजित रक्तदान कार्यक्रममा  नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजयकुमार महर्जनले अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रममा सहभागी जम्मा २६ जना स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमाण-पत्र बितरण गर्नु भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे बिशेष अाह्वान र संयाेजनमा स्थानीय क्लब २८ बागबजारद्वारा बागबजार स्थित अराधन कम्प्लेक्समा पनि रक्तदान कार्यक्रमकाे आयोजना गरियो । जम्मा ४४ जनाले रक्तदान गर्नुभएको साे कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गीले प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो । उक्त कार्यक्रममा बिशेष अातिथ्यता जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कदर-पत्र प्रदान गरि सार्वजनिक तवरले सम्मान गरिएकाे थियो । अाजकाे दिनमा ५०अाैं पटक रक्तदान गर्नुहुने प्रचण्ड कारञ्जितलाई पनि कदर-पत्र प्रदान गरि सम्मान गरिएको थियोे । क्लबका अध्यक्ष अरूण तण्डुकारकाे सभापतित्वमा अायाेजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदाताहरूलाई प्रशंसाा-पत्र र मायाकाे चिनाे बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु