२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ “सन्तानकाे माया” अनलाईन फाेटाे प्रतियोगिताका बिजयीहरु पुरस्कृत

“सन्तानकाे माया” अनलाईन फाेटाे प्रतियोगिताका बिजयीहरु पुरस्कृत

काठमाडौं १२/ चिकँमू त्वा:,काठमाडौं महानगरपालिका  २० स्थित हलेसि महाद्य: रञ्जित चुक:मा “सन्तानकाे माया” अनलाईन फाेटाे प्रतियोगिताका बिजयी सहभागीहरूलाई एक समारोह बीच पुरस्कार बितरण कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएकाे छ । मह जाेडीकाेे प्रमुख आतिथ्यतामा अायाेजित उक्त पुरस्कार बितरण कार्यक्रममा महकाे म यानकि मदनकृष्ण श्रेष्ठज्यूकाे स्वास्थ्यमा प्रतिकुल असर परेकाे हुनाले महकाे ह यानकि हरिबंश आचार्यद्वारा उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएकाे थियो । साे समारोहमा स्थानीय समाजसेवी एवं जेष्ठनागरिक श्री केदारमान रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यले दाेसल्ला अाेढाई अभिनन्दन-पत्र प्रदान गरि अभिनन्दन गर्नुभएकाे थियो ।
साे कार्यक्रममा स्वास्थ्य सेवा बिभाग,नेपाल रेडक्रस साेसाइटीका निर्देशक,डा. मनिता राजकर्णिकार बिशेष अतिथि र महानगरीय प्रहरी बृत्तका प्रमुख प्रहरी उपरीक्षक डिलबहादुर मल्ल अतिथि रहनु भएकाे उक्त पुरस्कार बितरण कार्यक्रमा प्रथम हुनुहुने प्रतियाेगी अामा रूपा पाेखरेल छाेरी कृष्टी पाैडेललाई फूलको माला पहराई ट्रफी,मेडल र नगद सहित प्रदान गरि बधाई तथा शुभकामना ब्यक्त गरिएकाे थियो । त्यसैगरि द्वितीय र तृतीय हुनेहरू क्रमशः नीरू महर्जन छाेरी अञ्जु डंगाेल र सपना शिलाकार छाेरा साैगात शिलाकार हुनुहुन्छ ।
कार्यक्रम सफल पार्न भूमिका खेल्नुहुने सहयोगी दाताहरू क्रमशः दशबहादुर महर्जन,बिजयकुमार महर्जन,थसि ललितपुर,अजय सिंह सुवाल,रविभवन, जयहरि श्रेष्ठ, काठमाडौं,जीबस महताे,महाेम्मद रेहसुल,शिव गाैतम र बिनय मानन्धरलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू तीनजनालाई नगद र प्रमाण-पत्र बितरण गरिएकाे थियोे । “सन्तानको माया” अनलाईन फाेटाे प्रतियोगिताकाे श्रृजनाकार कृतिशा रञ्जितलाई पनि धन्यवाद तथा शुभकमना-पत्र प्रदान गरिएको साे पुरस्कार बितरण कार्यक्रमकाे सञ्चालन राजेश मानन्धरले गर्नुभएकाे थियो भने कार्यक्रमका सभापति राम रञ्जितले अभिनन्दितहरूका साथै प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिलाई मायाकाे चिनाे स्वरूप चिभा:द्य:(बाैध्द-चैत्य) प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु