२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ नेपाल तरुण दल चन्द्रागिरी ७ द्वारा आकस्मिक रक्तादान सम्पन्न

नेपाल तरुण दल चन्द्रागिरी ७ द्वारा आकस्मिक रक्तादान सम्पन्न

काठमाडौं ११ गते/ काेराेना भाईरस,काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै अाज चन्द्रागिरी नगरपालिका,वडा नम्बर ७,हाईभिजन काेलाेनि स्थित तरूण दलद्वारा एक अाकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष उपस्थितिमा आयाेजित उक्त बिशेष रक्तदान कार्यक्रममा ९ जना महिला समेत गरि जम्मा १०२ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियो ।अाकस्मिक आयाेजित साे बिशेष रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई खादा अाेढाई मायाकाे चिनाे प्रदान गरि सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मायाकाे चिनाे प्रदान गर्नुभएको थियो ।
साथै साेहि स्थानमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज,चन्द्रागिरी नगर समिति गठनार्थ एक भेलाकाे समेत आयाेजना गरियाे । नेपाल स्वयंसेवी रक्तदाता समाज न्यूरोड एकाई समितिका अध्यक्ष केदार न्याैपाने अतिथि रहनुभएकाे उक्त भेलाले सराेजकुमार थापाकाे अध्यक्षताका नेपाल स्वयंसेवी रक्तदाता समाज,चान्द्रगिरी नगर समितिकाे गठन पनि गरिएकाे थियो । ९ जनाकाे कार्यसमितिमा क्रमशः किरण पाेखरेल उपाध्यक्ष,सुजना श्रेष्ठ सचिब, राजु गिरी काेषाध्यक्ष र सदस्यहरूमा – प्रमिला श्रेष्ठ, सुजित बानिया,बिजय श्रेष्ठ,पुरूषाेत्तम रिजाल र ताराबहाुर के.सी. रहनुभएकाे छ । संस्थालाई सहि मार्ग निर्देशनकाे लागि ईश्वर लामा र जयराम प्रसाद लुँईटेल सल्लाहकारमा रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु