२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।

सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।

फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।

  • समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।              बुधबारको भर्चुअल प्रिम्याचमा नेपाल र चाइनिज ताइपेइका प्रशिक्षकले कुवेतको मौसक चुनौतीको विषय भएकोले खेल्न कठिन हुने बताएका थिए । नेपालका कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । आजै अष्ट्रेलिया र घरेलु टोली कुवेतबीचको खेल पनि हुनेछ ।                                                नेपाल र चाइनिज ताइपेइ यसअघि दुईपटक खेलेका थिए जसमा नेपाल अपराजित छ । २०१९ जुनमाभएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने २०१९ सेप्टेम्बरमा भएको खेल नेपालले २-० ले जितेको थियो ।                              नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु