२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ विश्वकप छनौटमा नेपाल २-० ले विजयी

विश्वकप छनौटमा नेपाल २-० ले विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ ।छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु