२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो ।

सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त स्टुडियोसँग रहेका ठूलो परिमाणका सामाग्रीहरुको स्वामित्व प्राप्त गर्नेछ । एमजिएम स्टुडियो खरीदको विषय निकै उत्साहप्रद रहेको र यसले उच्च गुणस्तरीय कथा निर्माणका लागि थुप्रै अवसरहरु प्रदान गर्ने अमेजनका एक कार्यकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु