२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु

संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु

विपक्षी गठबन्धनले प्रतिनिधिसिभा विघटनको मुद्दाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी गठबन्धनले कानुन व्यवसायीसँग छलफल सुरु गरेको हो । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा संसद विघटनविरुद्ध र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि गरिएको प्रस्तावका सम्बन्धमा कानुनी लडाई कसरी अघि बढाउने भन्ने बारेमा परामर्श गर्ने काम भएको नेता रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु