२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ आजको राशिफल २०७७ जेष्ठ ११ गते, मंगलबार

आजको राशिफल २०७७ जेष्ठ ११ गते, मंगलबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला । आर्थिक अभावले सताउने योग छ । हितैसी मित्रहरूले साथ दिनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यस प्रति पनि चिन्ता बढ्न सक्छ । आज चोरिने वा ठगीमा परिने ग्योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्य बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दिदि बहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तानले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु