२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाज कामप २४ द्वारा रक्तदान सम्पन्न : केन्द्रीय अध्यक्ष सतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६औँ पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाज कामप २४ द्वारा रक्तदान सम्पन्न : केन्द्रीय अध्यक्ष सतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६औँ पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समिति, काठमाडौंद्वारा मखँ त्वा:,काठमाडौं महानगरपालिका २४ वडा स्थित स्थानीय मखँ त्वा:मा काठमाडौं महानगरपालिका २४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरीय प्रहरी वृत्त,जनसेवाका प्रमुख डिलबहादुर मल्लकाे बिशेष उपस्थितिमा एक रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारकाे सभापतित्वमा सञ्चालन साे बिशेष रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका बिशेष अतिथि काठमाडौ महानगरपालिका वडा नं २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले खादा पहराई अभिनन्दन पत्र  प्रदान गरि सार्वजनिक रूपमा अभिनन्दन गरिएकाे थियो । साथै उक्त कार्यक्रमकाे संयाेजनमा अहम् भूमिका निर्वाह गर्नुहुने नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितलाई पनि खादा पहराई सम्मान गरिएकाे थियो । उक्त कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रशंसा पत्र प्रदान गर्नुभएकाे थियो ।
“रगत दिउँ जगत सुरक्षित राखाैं” बिश्व रक्तदाता दिवस जून १४ काे निमित्त बिश्व स्वास्थ्य संगठन(WHO)बाट तय गरिएकाे नाराका साथ कार्यक्रममा प्रमुख आतिथ्यता जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६अाैं पटककाे रक्तदान गरि समापन गरिएको साे बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु