२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ एमसीसी खारेज गर्नुपर्ने माओवादीको निष्कर्ष

एमसीसी खारेज गर्नुपर्ने माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र बनाएर महामारी रोकथाम, उपचार तथा नियन्त्रणमा पार्टी परिचालित गर्छौं’, उनले भने । माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु