२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ राशि अनुसार शुभ रङ् र शुभ दिन कुन-कुन जानिराखौँ

राशि अनुसार शुभ रङ् र शुभ दिन कुन-कुन जानिराखौँ

हिन्दु धर्म र दर्शनले हाम्रो जीवनलाई मार्ग दर्शन गरिरहेको छ । परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थान लिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्र लाई नकार्न सक्दैन भने प्रतिदिन महत्त्व बढ्दै गइरहेको छ । नासाका प्रमुखसम्मले संस्कृत भाषा सिकिरहेको खुलासा भर्खरै गरेका छन् । यहाँ हामीले ज्योतिष शास्त्र अनुसार कुन कुन रङ्ग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन् भनेर चर्चा गरेका छौँ । आशा छ, यसले तपाईँको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

मेष : (चु चे, चो, ला, लि, लु, ले, लो, अ) —
 यो राशि भएका व्यक्तिलाई रातो र सेतो रङ्ग अत्यन्तै शुभ मानिन्छ । एउटा रातो रुमाल सधैँ खल्तीमा राख्नाले धेरै कामहरू बन्ने तथा शुभ फल दिन्छ । मेष राशिका व्यक्तिहरूले आफ्नो पहिरनमा एक वस्त्र रातो धारणा गर्नु अति आवश्यक छ । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् ।

वृष : ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) — सेतो रङ्ग यो राशिको शुभ रङ्ग हो । सेताको साथै निलो, जामुना तथा हल्का निलो रङ्ग पनि शुभ नै मानिन्छ । यो राशिका व्यक्तिहरूले एउटा सेतो रुमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ । पहिरनमा कुनै एक वस्त्र सेतो हुनु निकै राम्रो मानिन्छ ।

मिथुन : ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) — यो राशि भएका व्यक्तिहरूको शुभ रङ्ग पहेँलो वा केशरी हो । हरियो रङ्ग पनि राम्रै मानिन्छ । यो राशिका व्यक्तिहरूले एउटा पहेँलो रुमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ । पहिरनमा कुनै एक अपहेला वा केशरी वस्त्र समावेश गर्नु निकै राम्रो मानिन्छ ।

कर्कट : ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) — यो राशि भएका व्यक्तिको लागि सेतो, क्रिम कलर, हल्का निलो रङ्ग शुभ रङ्गको रूपमा लिइएको छ । यो राशिका व्यक्तिले सधैँ सेतो रुमाल गोजीमा राख्दा निकै शुभ र फाइदा हुन्छ । कर्कट राशिका व्यक्तिहरूले आफ्नो पहिरनमा एक वस्त्र सेतो धारणा गर्नु अति आवश्यक छ ।

सिंह : ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) — यो राशिका व्यक्तिहरूका लागि सौभाग्यशाली रङ्ग सुनौला वा रातो रङ्ग हो । सूर्यका सबै रङ्गसँग मिल्ने वस्त्र धारण गर्न मनासिब नै हुन्छ । सधैँ रातो वा सुनौला रङ्गको रुमाल गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ ।

कन्या : ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) — कन्या राशि भएका व्यक्तिहरूकाे सौभाग्यशाली रङहरू हरियो, अपहेला र सेतो हुन । चट्ट हरियो रुमाल खल्तीमा राख्नाले मानसिक शान्ति मिल्नुका साथै शुभ फल प्राप्त हुन्छ । वस्त्र धारण गर्दा कुनै एक कपडा हरियो वा अपहेला मिसाउनु शुभ मानिन्छ ।

तुला : ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) — यो राशिलाई फाप्ने रङ्ग सेतो , क्रिम कलर , हल्का निलो हुन । सेतो रुमाल हरहमेसा साथमा राख्नाले सुख, शान्ति र सन्तोष मिल्दछ । सेतो रङका वस्त्र धारणा गर्नाले शुभ फल प्राप्त हुन्छ । पहिरनमा कुनै एक वस्त्र सेतो वा क्रिम कलर छनौट गर्नु पर्दछ ।

वृश्चिक : ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) — यो राशि भएका व्यक्तिको शुभ रङ्ग रातो हो । रातो रङका साथै माटे कलर तथा खिया कलर पनि शुभ नै मानिन्छ । सधैँ रातो रङ्गको रुमाल चट्ट पट्याएर गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ, मानसिक शान्ति मिल्दछ । यो राशि भएका व्यक्तिले आफ्नो पहिरनमा रातो कपडाकाे सम्मिश्रण गर्नु फलदायी हुन्छ ।

धनु : ( ए, यो, भा, वि, भु, धा, फा, ढा, भे ) — धनु राशिको लागि मिल्ने रङ्ग अपहेला हो । यसका साथै निलो, हरियो, गुलाबी, जामन रङ्गलाई पनि शुभ नै मानिन्छ । अपहेला रङ्गको रुमाल साथमा राख्नाले सधैँ काममा सफलता मिल्छ अनि सिद्धी प्राप्त हुन्छ । आफ्नो पहिरनमा अपहेला रङ्गको वस्त्र मिसाउनु वा धारणा गर्नुपर्ने ज्योतिष शास्त्र को मत छ ।

मकर : ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) — यो राशिलाई कालो, निलो रङले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालो वा निलो रुमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसले मानसिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । कालो निलो रङ्गको वस्त्र धारणा गर्नु पर्दछ ।

कुम्भ : ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) —यो राशि भएका व्यक्तिलाई कालो, निलो रङले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालो वा निलो रुमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसकाे प्रयागले मानसिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । पहिरनमा पनि कालो निलो शुभ हुन्छ ।

मीन : ( दिदी, द्यु, थ, झ, ञ, दे, दो, चा, ची ) — यो राशि भएका व्यक्तिलाई म्याच गर्ने रङ्ग अपहेला, रातो वा नारंगी हो । अपहेला रङ्गको रुमाल गोजीमा राखेर हिँड्नु निकै लाभदायक हुन्छ । वस्त्र को छनौट गर्दा पनि अपहेला वा रातो रङ्गको गर्नु फलदायी हुन्छ । मानसिक सान्तीको साथै श्रीबृद्धीमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु