२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान सम्पन्न

बिकल्प रहित मानव रगत,यसैमा अडिएकाे छ सारा जगत” याे सन्देशलाई चाैतर्फि अात्मसाथ गर्दै रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै अाईरहेकाे वर्तमान अवस्था छ, ।  हाल बिश्वभर महामारीको रूपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड-१९ ले हाम्रो देशकाे रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज २०७८ जेठ १ गते शनिबारका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डाै महानगरपालिका वडा नं. २० नगर समितिका अध्यक्ष राम रञ्जित र सचिब राजेश मानन्धर,नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डाै महानगरपालिका वडा नं.२४ नगर समितिका अध्यक्ष सुरेश सिलाकार,नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डाै महानगरपालिका वडा नं. २१ नगर समितिका अध्यक्ष सुमितदास रञ्जितकार र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डाै महानगरपालिका वडा नं १९ का सल्लाहकार मिलन शाहीकाे बिशेष उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगर समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएकाे छ ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर्न/गराउँन गरिएकाे अाह्वानलाई हामीले मात्र हाेईन अाम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरू जाे काेहिकाे पनि प्रमुख दायित्व नै हाे भन्दा फरक नपर्ला” कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगर समितिका अध्यक्ष बिनाेद खड्गीले बताउनु भयाे ।
प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर,याेग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक
,मास्क,पञ्जा र डाेनर पीन सम्मान स्वरूप प्रदान गर्नुभएकाे थियोे ।
बिहान ११:०० देखि १:०० बजेसम्म सञ्चालित साे आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३१ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु