२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ नेपाल स्वयंसेवी रक्तदाता समाजको का.म.पा. २१ वडा नगर समिती गठन सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजको का.म.पा. २१ वडा नगर समिती गठन सम्पन्न

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा स्थित सदस्यहरूद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठनार्थ एक भेलाकाे अायाेजना गरि सम्पन्न भएकाे छ ।
काेराेना भाईरस काेभिड – १९ ले चाैतर्फि आक्रान्त बनाउँदै “लकडाउन”काे सामना गरिरहेकाे कठिन घडिमा  स्वयंसेवी रक्तदाताहरू याे असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि काठमाडौं महानगरपालिका २० वडा अन्तर्गतकाे रञ्जित चुक:मा एक बृहत् अन्तर कृयात्मक कार्यक्रमकाे अायाेजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठन गरिएकाे छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा अाेढाई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गरिएकाे थियो । त्यसैगरि अतिथिकाे रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित र साेही वडा समितिका सचिव राजेश मानन्धरले अाशण ग्रहण गर्नुभएकाे थियो ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता सुनित दास रञ्जितकारकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठन गरिएकाे छ । जसमा उपाध्यक्ष राजेश श्रेष्ठ,सचिव रिदेन महर्जन,काेषाध्यक्ष सुनिल महर्जन सदस्यहरूमा क्रमशः नबिना श्रेष्ठ, रूपक श्रेष्ठ,लुना चित्रकार, त्रिरत्न शाक्य, छाेरीमैञा श्रेष्ठ, प्रेमशाेभा शाक्य, प्रशान्त खड्गी र भावना महर्जनलाई सर्वसम्मत चयन गरिएकाे छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समितिका नव गठित कार्यसमितिलाई संस्थाकाे लाेगाे अंकित बाय् ज लगाई,खादा पहराई बधाई ज्ञापन ब्यक्त गर्दै शपथ ग्रहण पनि गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु