२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ महामारीको बेला नेपाल स्वयंसेवी रक्तदाता समाज का.म.पा. २० द्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

महामारीको बेला नेपाल स्वयंसेवी रक्तदाता समाज का.म.पा. २० द्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

बिश्वभर महामारीको रूपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड-१९ ले हाम्रो देशकाे रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज २०७८ बैशाख २९ गते बुधबारका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यता र काठमाण्डाै महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर,महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लकाे बिशेष उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएकाे छ ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर/गराउँन गरिएकाे अाह्वानलाई हामीले मात्र हाेईन अाम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरूकाे प्रमुख दायित्व नै हाे भन्दा फरक नपर्ला” अायाेजक २० वडा नगर समितिका अध्यक्ष राम रञ्जतले बताउनु भयाे ।
प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर,याेग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक
,मास्क,पञ्जा र डाेनर पीन सम्मान स्वरूप प्रदान गर्नुभएकाे थियोे ।
बिहान ८:३० देखि १० बजेसम्म सञ्चालित साे आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २८ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियोे । कार्यक्रमकाे संयाेजन एवं सञ्चालन २० वडा नगर समितिका सचिव राजेश मानन्धरले गर्नुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु