२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कांग्रेसले दियो पार्टी कार्यालय, कोरोना अस्पतल निर्माणका लागि

कांग्रेसले दियो पार्टी कार्यालय, कोरोना अस्पतल निर्माणका लागि

नेपाली काँग्रेस रुपन्देहीले पार्टी कार्यालय कोरोना अस्पताल निर्माण गर्न दिने भएको छ । कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेको भन्दै आइसोलेसनको लागि कार्यालय उपलब्ध गराउन लागिएको पार्टी सभापति अब्दुल रज्जाकले जानकारी दिनु भयो । भैरहवा स्थित भिम अस्पतालको पछाडी रहेको कांग्रेसको जिल्ला कार्यालयमा दुई वटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको छ । उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु