२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ शाहरुखको ‘पठान’ फिल्ममा सलमान पनि, किन मानेनन् पारिश्रमिक लिन?

शाहरुखको ‘पठान’ फिल्ममा सलमान पनि, किन मानेनन् पारिश्रमिक लिन?

दुई किङ सँगै

नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने लिन नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन सकिएपछि निर्माता आदित्य चोपडाले सलमानसँग पारिश्रमिकको बिषयमा कुरा गरेका थिए । तर, सलमानले साहरुखका लागि आफू जे पनि गर्न तयार भएको भन्दै पारिश्रमिक लिन मानेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु