२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ टिकटकमा नियुक्त भए नयाँ सिईओ

टिकटकमा नियुक्त भए नयाँ सिईओ

लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु