२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ चितवनको माडीमा कोरोना संक्रमितले गरे आत्महत्या

चितवनको माडीमा कोरोना संक्रमितले गरे आत्महत्या

चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले आत्महत्या गरेका छन्।  कोरोना संक्रमित माडी नगरपालिका–३ इनारबरुवा बस्ने ३५ वर्षीय गोविन्द शाहले आफु सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनी वैशाख १५ गते भारतको विहारमा वैवाहिक कार्यक्रममा सहभागी भएर फर्किएको र वैशाख २२ गते उनमा संक्रमण पुष्टि भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु