२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना महामारीमा सुरक्षित रक्तदानको निरन्तरता : नेपाल स्वयंसेवी रक्तदाता समाजको विज्ञाप्ति

कोरोना महामारीमा सुरक्षित रक्तदानको निरन्तरता : नेपाल स्वयंसेवी रक्तदाता समाजको विज्ञाप्ति

नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना भाइरस कोभिड १९ संक्रमणको विषम परिस्थितिमा रोगबाट बच्नको लागि सावधानी अपनाउँदै रक्तदान जस्तो पवित्र कार्यमा सावधानीका साथ निरन्तरता कायम गर्न सबैमा अपिल गरेको छ । बिहिबार एक विज्ञाप्ति जारी गर्दै कोरोना कहरको यो जटिल अवस्थामा बिरामीको लागि रगत अभाव हुन नदिन तथा कोरोना बाट सतर्क रहि रक्तदान जस्तो पुनीत कार्यमा निरन्तर लाग्न समाजले आग्रह गरेको हो । समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको हस्ताक्षर रहेको विज्ञाप्तिमा रक्तदान र कोरोना संक्रमणको जटिल अवस्थामा विभिन्न आवास्यक सावधानीहरुको बारेमा समेत सजग रहन आग्रह गरिएको छ । यस्तो छ विज्ञाप्ति विज्ञप्ति !

नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाकालदेखि स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयाेजक संघ/संस्था,रक्तदानप्रति सहयोग,सद्भाव राख्नेहरूकाे हकहित र पीडित पक्षलाई आवश्यकतानुसार रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे आपूर्तिमा सम्बन्धित निकाय र पीडित पक्षलाई साथ/सहयाेग दिंदै सेवा पुर्याउँदै आईरहेकाे सत्यतथ्य सर्वसाधारणमा सर्वबिधितै छ ।
यिनै रगत र रक्त-तत्वहरूकाे मूलस्राेत स्वयंसेवी रक्तदाताहरूकाे स्वास्थ्यकाे समय सापेक्ष ख्याल राख्नु र सतर्कताकाे लागि भूमिका निर्वाह गर्नु नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अहम् दायित्व समेत रहेकाे बाेध हामीलाई छ ।
समयसमयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले समाजमा खेल्दै आएको आवश्यकतानुसारकाे कदमले सकारात्मक परिणामहरू दिंदै आईरहेकाे पनि छ । आज यिनै स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयाेजक संघ/संस्था,रक्तदानप्रति सहयोग,सद्भाव राख्ने महानुभाव र पीडित पक्ष लगायत सम्पूर्ण मानव जगतमा,हाल दाेश्राे चरणकाे काेराेना भाईरस, काेभिड – १९ नयाँ भिरियन्ट प्रजाती नामक सरूवा राेगकाे भाईरसद्वारा सृजना हुन पुगेकाे महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरूद्वारा जारी गरिएकाे सार्वजनिक हितका उपायहरू अवलम्बन गर्न/गराउन सबैमा यस नेपाल स्वयंसेवी रक्तदाता समाज बिशेष आाह्वानका साथ अनुराेध गर्दछ ।
बिशेषत: स्वयंसेवी रक्तदाताहरूमा –
१. स्वस्थ्य र सुरक्षीत रहि रक्तदान कार्यलाई नियमित
र निरन्तरता दिने ।
२. रक्तदान गर्न जाँदा भिडभाडबाट टाढा रहने र      भाैतिक दूरीलाई आत्मसात् गर्ने ।
३. सकेसम्म रक्तसञ्चार केन्द्रमै वा सुरक्षीत रक्तदान
शिबिमा गई रक्तदान गर्ने ।
४. रक्तदान कार्यक्रम आयाेजकले रक्तदाताहरूलाई
र कार्यक्रममा सहभागीहरू बीच रक्त संकलन
शिबिरमा भिड हुनबाट जाेगाउने ।
५. रक्त परिचारिकाहरूले एक स्वयंसेवी रक्तदातासंग
प्रयोग गरिएकाे डिष्पाेजिवल ग्लाेब्स् लाई अर्को
स्वयंसेवी रक्तदाताहरूसंग पुन: प्रयोगमा नल्याउने ।
६. रक्त संकलन शिबिरमा प्रचूर मात्रामा साबुन पानी वा
स्यानिटाईजरकाे प्रयोग गर्न दिने ।
७. रूघाखाेकी ज्वराेकाे शंका लागेका ब्यक्तिहरूलाई   रक्त संकलन शिबिरमा सहभागी हुनबाट जाेगाई आवश्यक उपचारकाे लागि सल्लाह दिने ।
८. रक्त संकलन शिबिरलाई स्वच्छ र सफा राख्न कुनै
किसिमको कसर बाँकी नराख्ने र
९. हाल काेराेना भाईरस,काेभिड-१९ काे उपचारकाे निमित्त खाेपकाे अाविष्कार भइसकेकाे हुनाले बिश्व स्वास्थ्य संगठन(WHO)काे निर्देशनमा नेपाल सरकारद्वारा तय गरिएकाे स्थानमा गई खाेप लगाउनु हुन समेत अनुराेध गर्दै काेराेना भाईरस,काेभिड-१९ बाट संक्रमित हुनबाट जाेगिनु हुन पनि अनुराेध गर्दछ ।
साथै काेराेना भाईरस,काेभिड – १९ बाट प्रभावित भई उपचार पश्चात् स्वास्थ्य लाभ गर्नुहुनेहरूले “प्लाज्मादान” वा रक्तदान मार्फत “प्लाज्मादान” गरि अहिले भईरहेकाे    “प्लाजामा थेरापी” बिधिबाट काेराेना भाईरस,काेभिड – १९ द्वारा संक्रमितहरूकाे उपचारार्थ “प्लाज्मादान” गरि  जीवन रक्षार्थ सेवा पुय्राउनु हुन समेत अनुराेध गर्दछाैं ।
साथै यि र यस्ता जाेखिमबाट बच्न र बचाउन आवश्यक कदम चालि समस्त स्वास्थ्य क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न सम्पूर्ण जनमानसमा हार्दिक अपिल समेत गर्दर्छाैं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु