२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ पुर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

पुर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु