२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ जानिराखौँ छालारोग दाद (दाज) बाट बच्ने उपायहरु

जानिराखौँ छालारोग दाद (दाज) बाट बच्ने उपायहरु

दादले गर्दा एक त सुन्दरतामा असर पर्छ भने अर्को तर्फ चिलाउने समस्याले गर्दा निकै गार्हो हुन्छ । प्राय मानिसहरु दादले गर्दा पिडित हुन्छन् । दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।            यी कुरामा ध्यान दिनुहोस् दाद हुनै पाउँदैन, भएपनी निको हुन्छ ।

दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु