२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ ।

वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च ५ बी रकेटमा राखेर प्रक्षेपण गरिएको हो ।

आफ्नो स्थायी स्पेस स्टेशन सन् २०२२ सम्म बनिसक्ने विश्वास चीनको छ ।

अन्तरिक्षमा अहिले पृथ्वीको कक्षमा एउटा मात्र स्पेस स्टेशन रहेको छ, जसको नाम इन्टरनेशनल स्पेश स्टेसन हो । त्यसमा चीनलाई सामेल गरिएको छैन ।

अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीन ढिलो गरी प्रवेश गरेको हो । उसले पहिलोपटक सन् २००३ मा आफ्ना अन्तरिक्षयात्रीलाई पृथ्वीको कक्षमा पठाएको थियो । यद्यपि अन्तरिक्षमा मानिसलाई पठाउने मुलुकमा रुस र अमेरिका पछि चीन तेश्रो देश थियो । अहिलेसम्म चीनले दुईवटा स्पेस सेन्टर तियाङगङ्ग १ र तियाङगंग २ पृथ्वीको कक्षमा प्रक्षेपण गरिसकेको छ । यद्यपि, ती दुवै ट्रायलको रुपमा पठाइएको स्पेस स्टेसन थिए, जुन पृथ्वीको कक्षमा थोरै समय मात्र रहन सके ।

नयाँ स्पेस स्टेशन तियान्हे चाँहि कम्तिमा १० वर्षसम्म पृथ्वीको कक्षमा रहेर कार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु