२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ मुख्यमन्त्रीको उम्मेद्वार पुनः पोखरेललाई बनाउने एमालेको निर्णय सफल होला?

मुख्यमन्त्रीको उम्मेद्वार पुनः पोखरेललाई बनाउने एमालेको निर्णय सफल होला?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै शपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै शपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’

आजै बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु