२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ लुम्बिनी प्रदेशका चार मन्त्रीको खोसियो सांसद पद

लुम्बिनी प्रदेशका चार मन्त्रीको खोसियो सांसद पद

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाही अनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।

प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचना अनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्र अनुसार सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको हो । जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको छ ।

सचिवालयका अनुसार पार्टीले ती चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको छ ।  सरकार विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि यी चार सांसद अचानक सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु