२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने

नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने

नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु