२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ निषेधाज्ञाको अवज्ञा गर्ने आठ जना पक्राउ, एक हजार बढी सवारी साधन होल्डमा

निषेधाज्ञाको अवज्ञा गर्ने आठ जना पक्राउ, एक हजार बढी सवारी साधन होल्डमा

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्लामा संक्रमणको ग्राफको बढे संगै स्थानीय प्रशासनले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गरेर हिड्डुल गर्दा पक्राउ पर्नेमा काठमाडौँमा ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्थगरका–९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डिउटीमा प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी एंव प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनु भयो । पक्राउ परेकालाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कैद वा सो बराबरको जरिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गर्नु भएको थियो । जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको रकम दाखिला गरे पछि छाडिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउदाँ उनीहरुलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डीएसपी थापाले बताउनु भयो ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु