२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ गोरखामा एकै गाउँका ३३ सहित ४३ जनामा कोरोना संक्रमण

गोरखामा एकै गाउँका ३३ सहित ४३ जनामा कोरोना संक्रमण

गोरखामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमित गोरखा नगरपालिकाका र आरुघाट गाउँपालिकाका रहेका छन् । गोरखा नगरपालिका–८ का ९ जना र आरुघाट गाउँपालिका–७ का एक जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

source : onlinekhabar

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु