२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कोरोना संक्रमणको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

कोरोना संक्रमणको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​ स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।

जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु