२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रकाश सपूतको ‘मेरो पनि हैन र यो देश’ : लोकप्रियता बढ्दो

प्रकाश सपूतको ‘मेरो पनि हैन र यो देश’ : लोकप्रियता बढ्दो

चर्चित गायक तथा मोडल प्रकाश सपूतको नयाँ गीत’मेरो पनि हैन र यो देश’  बोलको शुक्रबार सार्बजनिक भयो । देशभक्तीलाई फरक शैलिमा प्रस्तुत गरिएको  उक्त गीतमा गायक प्रकाश सपुतको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोमा नेपाली साङ्गितक क्षेत्रका कलाकार एवम पत्रकारलाइ देख्न सकिन्छ।

नेपालको वर्तमान परिवेश र अवस्थालाई चित्रण गर्न खोजिएको यो गीत बजारमा आएको ५ दिनमै लगभग २६ लाख पचास हजारले हेरिसकेका छन् । भिडियोमा भोलाराज सापकोटा, राम भजन कामत, कुलदिप अधिकारी र रबिन तामाङ्गको अभिनय सङ्गै सरिता लामिछाने, गायक राजु परियार, पत्रकार ऋषि धमला, साहित्यकार अमर न्यौपाने, देवेन्द्र बब्लु लगायतलाई देख्न सकिन्छ ।

नेपाली गीतसङ्गितमा नयाँपन र नयाँ सोंच ल्याउने गायक प्रकाश सपुतले यस गीतमा पनि आफ्नो फरक शैली र प्रस्तुतीलाई  राम्रैसंग देखाएका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु