२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ रुपन्देहीमा निषेधाज्ञा सुरु : यी कार्य गर्न निषेध

रुपन्देहीमा निषेधाज्ञा सुरु : यी कार्य गर्न निषेध

जिल्ला प्रशाषन कार्यालय रुपन्देहीले बिहिबार विहान ६ बजे देखि लागु हुने गरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ । बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बुधबार जारी गरेको आदेशमा उल्लेख गरीएको छ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने बताइएको छ ।  जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन । त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ । निशेषधाज्ञालाई अटेरी गर्नेलाई सरुवा रोग ऐन अन्र्तगत कार्वाही गरीने उल्लेख छ ।

गर्न नपाईने वा निषेध गरिएका कार्यहरुः

१. निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घर बाहिर ननिस्कने ।

२. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन नगर्ने ।

३. कुनै पनि भेला भिडभाड गर्न, जात्रा सञ्चालन गर्न, महोत्सव सभा जुलुस नगर्ने ।

४. सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपाटमेन्टल स्टोर, सपिङ्ग महल, व्युटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन नगर्ने ।

५. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट नगर्ने ।

६. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन नगर्ने ।

७. रुपन्देहीबाट अन्यत्र जिल्लाका लागि छुट्ने सार्बजनिक तथा निजी सवारी साधन नचल्ने, पूर्व पश्चिम राजमार्गबाट वारपार गर्ने बाहेक यस जिल्लामा अन्तिम स्टप विन्दु भई अन्य जिल्लाबाट आउन निषेध गरिने ।

८. होटलररेष्टुरेण्टर पार्टी प्यालेस सञ्चालन नगर्ने ।

९. शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, ल सर फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु