२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ संक्रमण पछि होम-आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने? 

संक्रमण पछि होम-आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने? 

कोरोना संक्रमण भएपछि होम-आइसोलेसन बस्ने ठाउँ भएन, वा होम आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने? 

धेरैलाई यसबारे अलमल र दुविधा हुन सक्छ। काठमाडौंमा त झन् आइसोलेसन कहाँ छ, कुन अस्पतालमा बेड खाली छ वा भेन्टिलेटर भएको ठाउँ कहाँ खाली  छ भन्ने कुराको जानकारी नहुँदा संक्रमित र उनीहरूका परिवार हतास हुनु स्वभाविक हो । स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितलाई कुनै पनि सहयोग चाहियो भने आफूलाई फोन गर्न भनेको छ।  स्वास्थ्य मन्त्रालयले आफ्नो सूचना शाखाका २ हटलाइन नम्बर  ११३३, १११५ वा मोबाइल नम्बर ९८५१२५५८३९ मा फोन गर्न भनेको छ। फोन गर्न आफूलाई चाहिएको जुनसुकै बेला पनि गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु