२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ माओवादी केन्द्रको निर्णय : वडादेखि केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

माओवादी केन्द्रको निर्णय : वडादेखि केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वडादेखि केन्द्रसम्म ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।  मंगलबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले अन्तरिम विधानमा संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गरी पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  उक्त प्रस्तावमा वडा टोलदेखि  केन्द्रीय कमिटीसम्ममा सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ। यो प्रक्रिया राष्ट्रिय महाधिवेशनपछि नभई अहिलेदेखि नै सुरू गरिने श्रेष्ठले बताए। त्यस्तै, बैठकले पार्टीका सबै समितिमा ४० वर्षसम्मका उमेर समूहका युवालाई कम्तीमा ३० प्रतिशत राख्नैपर्ने गरी निर्णय गरेको छ।  पार्टीले केन्द्रीय कमिटीमा १५ प्रतिशत दलित समुदायलाई पनि राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु