२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ : के यो हल्लामा सत्यता छ ? 

कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ : के यो हल्लामा सत्यता छ ? 

केही दिन यता नेपालमा एउटा हल्ला चल्यो– कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ । र, यो भेरियन्ट दुई घण्टासम्म हावामा जिवित रहन्छ । त्यसैले तुलनात्मक रुपमा यो निकै धेरै जोखिमपूर्ण छ ।

के यो हल्लामा सत्यता छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको खण्डन गरेको छ । मन्त्रालयका अनुसार हल्ला गरिए जस्तो कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयले हावाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट नसर्ने स्पष्ट पारेको हो । “अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता छैन,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता  समीर कुमार अधिकारीले भने, “कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्निे थुकको छिटाबाट सर्ने हो, हावाबाट सर्दैन ।” भाइरस आफैं हावामा उड्न नसक्ने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु