२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ इतिहासमै पहिलोपल्ट जन्मियो ३ लिङ्गी बालक यस्तो अचम्म

इतिहासमै पहिलोपल्ट जन्मियो ३ लिङ्गी बालक यस्तो अचम्म

मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ । स्थानीय एक अस्पतालमा एक दम्पतीले उपचारका लागि हालै एकजना तीन महिने शिशु ल्याएका थिए। अण्डकोष सुन्निने समस्या देखिएपछि उनीहरुले आफ्नो छोरालाई उपचारका लागि अस्पताल ल्याएका थिए ।तर, जब डाक्टरहरुले सुन्निएको अण्डकोषको परीक्षण गरे, त्‍यहाँ त दुईवटा नयाँ लिङ्ग पलाउन थालेका रहेछन् ।

तीनवटा लिङ्गमध्ये एउटा आम मानिसमा हुने सामान्य आकार प्रकारको लिङ्ग छ । दोश्रो लिङ्ग चाहिं मूल लिङ्गको फेदबाट पलाएको छ भने तेश्रो लिङ्ग अण्डकोषको थैली भित्रबाट निस्किएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु