२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ बिना परिक्षण बिना व्यवस्थापन भारतबाट फर्किनेको भिड

बिना परिक्षण बिना व्यवस्थापन भारतबाट फर्किनेको भिड

भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए । सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा स्थायी घर भएर रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेपछि रोग र भोकबाट ज्यान जोगाउन धमाधम स्वदेश फर्केका हुन् । यद्यपि सीमा नाकामा गतिलो व्यवस्थापन नहुँदा थप जोखिम बढेको छ । सीमा नाकाबाट संक्रमण पुष्टि भएकाहरूसँगै अन्य स्वस्थ मानिसले पनि गन्तव्यसम्म पुग्न एउटै सवारी साधनको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु