२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना संक्रमण बढ्दो : २४ घण्टामा थप ४८ सय ९७ जना संक्रमित १७ जनाको मृत्यु

कोरोना संक्रमण बढ्दो : २४ घण्टामा थप ४८ सय ९७ जना संक्रमित १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु