२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ फेरि ठूलो अंकले घट्यो नेप्से : सोमबार बजारमा ६५.५८ अंकको गिरावट

फेरि ठूलो अंकले घट्यो नेप्से : सोमबार बजारमा ६५.५८ अंकको गिरावट

Digital analytics data visualization, financial schedule, monitor screen in perspective for presentations

सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो । तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन । बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ । सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ । यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु