२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ अब ट्विटरबाट पनि पैसा कमाउन सकिने : आउँदै यस्ता फिचर

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने : आउँदै यस्ता फिचर

सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् । ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव हुने बताइएको छ,वास्तवमा यो फिचरका माध्यमबाट प्रयोगकर्ताले ती प्रयोगकर्तालाई आर्थिक सहयोग गर्न वा टिप्स दिन सक्नेछन् जसका उल्लेख्य फलोअर्स हुन्छन् र लोकप्रिय ट्वीट गर्दछन् । एप शोधकर्ता जेन म्यान्चुंग वोंगले एक तस्वीर शेयर गरेका छन् जसमा ट्वीटर प्रयोगकर्ताको प्रोफाइलमा एक टिपिंग बटनको फिचरलाई संकेत गर्दछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताले ब्याण्डक्याम्प, क्यास एप, प्याट्रिओन, पेपल तथा भेन्मो जस्ता अनलाइन भुक्तानी सेवामार्फत् रकम प्रदा गर्न सकिनेछ । गत फेब्रुअरीमा ट्वीटरले Super Follower नामको एक विवादास्पद फिचर ल्याएको थियो । जसमा चर्चित व्यक्तित्व वा सेलिब्रेटीहरुले आफ्ना फलोअर्सलाई शुल्क तिर्न लगाएर आफ्ना ट्वीटरलाई मुद्रीकरण गर्न सक्दथे । उक्त फिचर सार्वज्निक भएसँगै RIP Twitter नामक ह्यासट्याग एकाएक ट्रेण्डिङ भएको थियो । त्यस्तो फिचरले आम सर्वसाधारण प्रयोगकर्ताको भावनामा ठेस पुगेको र धेरै फलोअर्स भएका सेलिब्रेटीलाई मात्र महत्व दिइएको भन्दै ट्वीटरको आलोचना भएको थियो । यद्यपि भविष्यमा मनिटाइज भएका ट्वीटर अकाउन्टबाट आम्दानी गर्ने लक्ष्य चाहिँ ट्वीटरले राखेको छ । सन् २०२३ मा साढे ३१ करोड मनिटाइज गर्न सकिने दैनिक प्रयोगकर्ता पुग्ने ट्वीटरका सिइओ ज्याक डोर्सीको प्रक्षेपण छ । यसबाट ट्वीटरले आफ्नो आम्दानी वार्षि साढे ७ अर्ब डलर पुर्याउने बताइएको छ ।

-एजेन्सी, अनलाइनखबरबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु