२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ भाग्यमा शनिदेवको कस्तो प्रभाव? कसरी पाइन्छ शनिबाट मुक्ति? जान्नको लागि पूरा पढ्नुहोस्

भाग्यमा शनिदेवको कस्तो प्रभाव? कसरी पाइन्छ शनिबाट मुक्ति? जान्नको लागि पूरा पढ्नुहोस्

शनिदेव : धर्म शास्‍त्रका अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन्। यिनको जन्म ज्येष्ठ महिनाको अमावस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राख्दा शनि अत्‍यंत प्रसन्‍न हुन्छन् भन्ने मान्यता रहिआएको छ । यस्तो गर्ने ब्यक्ति माथि उनको कुपित दृष्‍टि पर्दैन। शनिको प्रभाव पनि सकिन्छ। नव ग्रहहरुमा सातौं ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा बढि डराउन्छन तर शनि कसैको अहित गर्दैनन् । उनि ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन् । शायद त्यसैले उनलाई न्‍यायाधीश को रूपमा पनि जानिन्छन् । शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ। त्यसैले शनिदेवको आराधानाा निकै महत्वपूर्ण रहेकोछ ।

लाभका लागि छन्य स्ता उपायहरु                          यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ । गाइ र कुकुरलाइ तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ। यस दिन शनि मंदिरमा शनिदेवको साथै हनुमान जी को दर्शन गर्नु शुभ हुन्छ। शनिदेवको आखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौं।

यसरी गर्नुहोस् शनिदेवको पुजा आराधना           शनि जयंतीमा प्रात:काल उठेर स्‍नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।

शेयर गर्नु होला

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु