२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कस्तो प्रेम? सुनामीमा हराएकी श्रीमतीलाई १० वर्षदेखी खोजिरहेका श्रीमान

कस्तो प्रेम? सुनामीमा हराएकी श्रीमतीलाई १० वर्षदेखी खोजिरहेका श्रीमान

यो दुनियाँ प्रेमकै आधारमा चलेको छ । हरेकले जीवनमा हरेक खालका प्रेम गर्दछन् । तर यस्तो त्याग र तपस्याको प्रेम सायदै कसैले गर्न सक्लान । १० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समुद्रको गहिराइमा डुबुल्की मारिरहेका छन् । यो सुन्दै विश्वास नलाग्ने कुरा यथार्थ हो । जापानका यासुओ ताकामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामीमा परेर बेपत्ता भएकी थिइन् । यासुतोले आफ्नी श्रीमतीलाई खोज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले विगत ७ वर्षदेखि एक्लै अण्डरवाटर डाइभिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँग सम्बन्धित कुनै पनि चीज भेटिने आशा छ । जापानमा सुनामीमा करिब २५ सय मानिस बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु