२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ देउवाको आरोप : ओली भरतको शरणमा परे

देउवाको आरोप : ओली भरतको शरणमा परे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओली भारतको त्वंशरणम् भएको आरोप लगाए । ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’ भन्ने प्रश्न गर्दै देउवाले कम्युनिष्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु