२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ रुसको बगैँचामा सुतिरहेको महिलाको घाँटीमा पस्यो ४ फिटको सर्प

रुसको बगैँचामा सुतिरहेको महिलाको घाँटीमा पस्यो ४ फिटको सर्प

दुनियाँमा कहिलेकाहीँ यस्ता पत्याउनै नसकिने खालका घटना हुन्छन्, जुन सुन्दा पनि मन नै सिरिङ्ग हुन्छ । हालै रुसमा एक महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको छ ।

दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट ४ फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेकेा थियो । सर्प मुखभित्र छिरेपछि तत्कालै ब्युँझिएर रन्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो । त्यहाँ उनलाई बेहोस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु