२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ प्रधानमन्त्री ओलीको प्रचण्डमाथी यस्तो आरोप

प्रधानमन्त्री ओलीको प्रचण्डमाथी यस्तो आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७४ सालको निर्वाचनपछि नै एमालेलाई एक्ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

‘एकातिर जनताका उच्च आकाङ्क्षा थिए भने अर्कातिर हामीहरू सीमित साधनस्रोत र पुरानै मानसिकताका राज्यसंयन्त्र जस्ता समस्यासँग जुधिरहेका थियौं,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘त्यसमाथि, वाम गठबन्धन बनाएर चुनावमा होमिएका, त्यसकै बलमा राम्रो उपलब्धि हासिल गर्न सफल प्रचण्ड र उहाँका कतिपय साथीहरुको ध्यान अन्यत्रै थियो । उहाँहरु निर्वाचनपछि रातोदिन नेपाली काँग्रेससँग गठबन्धन सरकार बनाउन र नेकपा (एमाले) लाई एक्लो पार्ने अनैतिक प्रयासमा लागिरहनु भएको थियो ।’ नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहेका ओलीले सोमबार आयोजित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु