२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ एप्पलले यस्तो सस्तो एअरपड्स ल्याउँदै

एप्पलले यस्तो सस्तो एअरपड्स ल्याउँदै

एप्पलले गत मार्च महिनामा आफ्नो वायरलेस एयरबडको रुपमा एयरपड्स प्रो लञ्च गरेको थियो । एयरपड्स प्रोमा एक्टिभ न्वाइज क्यान्सिलेसन फिचरलगायतका कैयन् अत्याधुनिक फिचरहरु उपलब्ध छन् । निकै नै उत्कृष्ट भएता पनि चर्को मूल्यका कारण एप्पलका धेरै फ्यानहरु यो एयरपड्स किन्न हच्किनु परेको छ । यहीँ यथार्थलाई मध्यनजर गर्दै एप्पलले सस्तो मूल्यको एयरपड्स ल्याउने भएको छ । समाचार अनुसार एप्पलले एयरपड्स प्रोको सस्तो भर्सनका रुपमा एयरपड्स लाइट बजारमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु