२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ हेर्नुहोस् सम्पुर्ण राशिको वार्षिक राशिफल

हेर्नुहोस् सम्पुर्ण राशिको वार्षिक राशिफल

सबै राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

मेष राशिको लागि २०७८ सालमा वृहस्पतिको स्थान ११मा रहने कारणले गर्दा तपाइको आर्थिक प्रगति हुने देखिन्छ । व्यपारमा भनेभन्दा राम्रो होला र वषौवाट फसेको धन आउन सक्नेछ तथा दाजु,भाइ दिदि,वैनी सँगको सम्वन्धमा सूमधुरता वढ्ने तथा दाजुभाइवाट सोचेभन्दा राम्रो सहयोग रसफलता प्राप्त होला । तर तपाइको वर्ष कुण्डलीमा शनि अवस्था कर्म स्थानमा पर्ने कारणले गर्दा भने कर्ममा धेरै मेनत परिस्रम गर्न पर्ने देखिन्छ तथा तपाइको जगिरमा अत्मविष्वासको कमिले गर्दा कामहरुमा वाधा,व्यवधान आउन सक्नेछन् सतर्क रहनुहोला । कुनै पनि नीर्णय लिनुपूर्व धेरै विचार गरेर सोचेर मात्र लिदा राम्रो हुनेछ अन्यथा नीर्णयको कारण पछुताउनु पर्ने समस्या आउन सक्छ । पढाइमा भने राम्रो सफलता मिल्ने देखिन्छ । दाम्पत्य जीवनमा पििन मधुरता छाउने छ तथा प्रेम विवाहको लागि उपयुक्तसमय पनि मानिन्छ । विवाह गर्नको लागि २०७८साल शुभ हुन सक्नेछ । परिवारमा भने शनिको दृष्टिको कारण सामान्य कलहको वातावरण वन्न सक्ने छ सतर्क रहनु जरुरी देखिन्छ । स्वास्थ्यमा भने अष्टम स्थानको केतुले गर्दा प्रेसर,मलद्वार,मूत्रद्वारमा समस्या हरु देखा पर्न सक्नेछन् विचार गर्नु पर्ने छ अन्यथा दुःख पाउन सकिन्छ । विदेश क्षेत्रवाट भने राम्रो प्रतिफल मिल्ला तथा विदेश यात्राको लागि उपयूक्त समय छ । सन्तान सुखको साथै सन्तावाट केहि लाभ हुन सक्नेछ । तपाइको लागि २०७८ साल केहि हद सम्म शुभनै मानिन्छ ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिकाे कर्म स्थानमा वृहस्पतिकाे प्रभावले गर्दा काममा पदाेन्नती तथा सरकारी जागीर पउन सक्ने सम्भावना तथा व्यवसायमा राम्राे हुदै जाने देखिन्छ तर भाग्य स्थानमा वसेकाे शनिले भाग्यमा राेकिएकाे चिज भने अाउन गाराे हुने देखिन्छ । पिताजीकाे स्वास्थ्यमा केहि सामान्य समस्या पनि अाउने छ सतर्क रहनु हाेला । पाढाइकाे साेचेभन्दा राम्राे उन्नती हुने छ । र धन अागमनकाे राम्राे संकेत देखिन्छ । सम्पूर्ण वार्षिक राशिफलकाे लागि भने भिडियाे हेर्नुहाेला ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

भाग्य स्थानमा वसेकाे गुरूले तपाइकाे राेकिएकाे काम वन्ने तथा बुवा सँग मिलेर गरेकाे काम राम्राे हुने र भाग्यमा राेकिएकाे वस्तु,धन अागमन हुने देखिन्छ । स्वास्थ्यमा भने सतर्क हुनु पर्ने समय छ नशा,मलद्वार मूत्रद्वार प्रेसर जस्ताे समस्याले सताउन सक्छ सतर्क रहनु हाेला । सम्पूर्ण जानकारीकाे लागि भिडियाे हेर्नु हाेला ।

कर्कट, हु, हे, हो, डा, डि, डु, डे, डो

तपाइकाे अष्टम स्थानमा वसेकाे गुरूले पेट,कलेजाे,छातिकाे समस्या अाउन सक्छ सतर्क रहनु हाेला । गुप्त विद्यामा पारंगत भइने छ । अाफुभन्दा ठूलाले काममा भरपुर सहाेग गर्ने छन् तथा अकल्पानिक धन अाउने सम्भावना पनि देखिन्छ । सम्पूर्ण जानकारीकाे लागि भिडियाे हेर्नु हाेला ।

भिडियो हेर्नुहोस

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै बृहस्पति र राहुको प्रभावले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । घर परिवरमा मांगलिक कार्यको आयोजना हुनेछ । तपाईंको राशिबाट बृहस्पति सातौं भावमा रहनाले नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।

भिडियो हेर्नुहोस

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशि हुनेहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । बृहस्पति र राहुको गोचरले चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउनसक्छ , तर केतुको प्रभावले धनलाभ र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । घरपरिवारमा माङ्गलिक कार्य पनि आयोजना हुनेछ, मिश्रित फल पाईनेछ ।

भिडियो हेर्नुहोस

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

 

तुला राशिको लागि २०७८ सालमा शनि चौथो स्थानमा र बृहस्पति पाँचौं स्थानमा रहने छ राहु आठौं स्थानमा रहने छ भने केतु दोस्रो स्थानमा रहनेछ तुला राशिको लागि बृहस्पति र शनिको दृष्टिले गर्दा घमण्ड बढ्नसक्ने मान सम्मानमा कमी छ आउन सक्ने छ आत्मबल बढ्नाले रोकिएका काम बन्न सक्नेछ व्यक्तित्वको प्रभाव बढ्न सक्नेछ बोलीको प्रभाव बढ्नेछ बोलिको कारणले बाद विवादहरु पनि बढ्न सक्नेछ अष्टमान स्थान को राहु र दोस्रो स्थानको केतुले गर्दा बोलीमा समस्या आउने र विवाद पर्ने योग छ सतर्क हुनु होला कर्म क्षेत्रमा उतार-चढाव आउन सक्ने छ व्यापार र काम परिवर्तनको योग हरु बनेको छ त्यस्तै भाग्य को साथ बढ्ने छ आर्थिक पक्ष मा हानी हुने छ धन सम्पत्तिको नास हुने छ आय-आर्जन भने केही बढ्न सक्ने छ। पारिवारिक जिबनमा सामान्य समस्या होलाl परिवारबाट टाढा हुन सक्ने योग हरु बनेको छ। सवारी साधन जोड्ने सम्भावना बनेको छ। दाम्पत्य र प्रेम जीवनमा राम्रो हुन सक्नेछ प्रेममा सफलता मिल्न सक्नेछ सन्तान सुख हुने छ घरमा माङ्गलिक कार्य हुनेछ सन्तान प्राप्ति को योग बनेको छ स्वास्थ्यमा बाधा पायाल्स गुप्ताङ्ग आदि को समस्या बढ्ने छ भैरवको पूजा गर्दा मा स्वास्थ्य क्षेत्रमा सुधार हुने छ विद्यार्थीको लागि पढाइमा बाधा हरु आउन सक्ने छ साथै आफ्नो पढाइको क्षेत्रहरू परिवर्तन गर्ने योग हरु पनि बनेको छ विदेश र वैदेशिक रोजगारी मा हुनेका लागि राम्रो योग बनेको हो छ मंगलबार शनिबार भैरवको पूजा गर्नु भएमा तपाईंको २०७८ साल सुखद हुनेछ

भिडियो हेर्नुहोस

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिका लागि यो वर्ष मध्यम नै रहनेछ । शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । मनमा चिन्ता बढे पनि मान सम्मान पाईनेछ ।

भिडियो हेर्नुहोस

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । राहु ले सकारात्मक फल दिनेछ, सुख सुबिधामा बढोत्तरी हुने र न्यायीक कार्यमा सफलता मिल्नेछ भने शनिको साढेसातीको प्रभावले झुटा आरोप प्रत्यारोप, चोटपटकको भय, सम्पत्तीमा बिवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । वृहस्पति पनि प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन ।

भिडियो हेर्नुहोस

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदाई रहनेछ । बृहस्पति र केतुको अनुकूलताले यश, कृति, लाभ, विजय,  हुने र आफन्तको सहयोग मिल्नेछ । शनिको साढेसातीको कारण गरेको कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लागायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।

भिडियो हेर्नुहोस

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द 

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरू सामान्य रहनेछ । घरमा शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका वैदेशिक क्षेत्रका कमहरू सहजै अघि बढ्नेछ । शनिको आद्य साढेसाति, राहु, र वृहस्पतिको प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सकछ, तर जन्म कुण्डलीमा शनिग्रह राम्रो  भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।

भिडियो हेर्नुहोस

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

मीन राशि हुनेहरूकालागि २०७८ साल शुभदायी नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ । बृहस्पति र केतुको कारणले गरेको कार्यमा ढिलासुस्ती हुने र बुद्धि पनि कमजोर रहनेछ, यदि  कुण्डलीमा बृहस्पति उच्च, स्वगृह, मित्रगृह भए शुभफल मिल्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु