२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ फ्लोर क्रस गम्भीर राजनीतिक बिचलन, क्षमा गर्न सकिन्न : नेता नेपाल

फ्लोर क्रस गम्भीर राजनीतिक बिचलन, क्षमा गर्न सकिन्न : नेता नेपाल

नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले  ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए । ‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु